• मंसिर १३ २०८१, बिहीबार

कास्की जिप दुर्घटना : मृत्यु हुने आठैजनाको सनाखत

आश्विन २५ २०७८, सोमबार

काठमाडौँ। कास्कीको घान्द्रुकमा सोमबार जिप दुर्घटनामा परी मृत्यु हुने ८ जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा जिपका चालक अन्नपूर्ण गाउँपालिकाको नयाँपुलका ४२ वर्षीय खुसीमान क्षेत्री हुन्,यस्तै काठमाडौं महानगरपालिका–३ गोंगबुका १८ वर्षीय जिल्लप घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अच्युतम काफ्ले, १८ वर्षीय आशिष आलेमगर र गोरखा घर भइ गोंगबु बस्ने २७ वर्षीय विनय क्षेत्री छन् । उनीहरू दसैं बिदा मनाउन घान्द्रुक घुम्न जाँदै थिए । मृतक ८ जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याउँदै गरेको प्रहरीले बताएको छ।

कास्कीको अन्नपूर्ण गाउँपालिको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको ग१ज ६९०० नम्बरको भाडाको जिप अन्नपूर्ण–१० कलाभिरमा दिउँसो २ बजेतिर दुर्घटनामा परेको थियो ।

चालकसहित ९ जना सवार जिपमा रहेकी २० वर्षीया देविजा घिसिङको भने सकुसल उद्दार भएको छ । उनको अवस्था सामान्य छ । भीरमा अड्किएको अवस्थामा देविजाको स्थानीयले उद्धार गरेका थिए ।