• मंसिर १३ २०८१, बिहीबार

लुम्बिनीमा नवनियुक्त मन्त्रीहरुले लिए सपथ, कस्लाई कुन मन्त्रालय ?

आश्विन २४ २०७८, आईतवार

बुटवल । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार मन्त्रिपरिषद् विस्तार गरेलगत्तै प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराएका हुन् ।

कांग्रेसबाट मन्त्री बनेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँले मन्त्रीको सपथ ग्रहण गरेका छन् ।

कांग्रेसकै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विकले पनि शपथ ग्रहण गरेका छन् ।

माओवादीबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले शपथ ग्रहण गरेका छन् । उनीहरुसँगै स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वली र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री सुष्मा यादवले पनि सपथ ग्रहण गरेका छन् ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीकी रमा घर्तीले कानून, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको शपथ ग्रहण गरेकी छन् ।