काठमाडौं । तेस्रो महाधिवेसनको तयारीमा रहेको नेपाल परिवार दलको भातृ संगठन नेपाल महिला परिवारको को विशेष भेला काठमाडौँमा शनिबार सम्पन्न भएको छ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालको आतिथ्यतामा सम्पन्न भेलाले १०१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ।
घोषणा गरिएको समितिमा ७० जना निर्वाचित र ३१ जना पछि समितिले मनोनयन गर्ने गरी १०१ सदस्य घोषणा गरिएको छ । महिला परिवारको संयोजककमा दलका केन्द्रीय सदस्य बुद्धिमाया पुन, सह-संयोजकमा केन्द्रीय सदस्य रीता महतो, महासचिवमा धर्मी भुसाल, प्रवतामा जानकी घिमिरे, कोषाध्यक्षमा हरिमाया गुरुङ, सदस्यहरुमा यनुका पौडेल गायिका प्राश्ना पाण्डे, शान्ति अधिकारी लगायत १०१ जना रहेका छन ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले परिबर्तनका उपलब्धिहरु संस्थागत विकास गर्न र देशलाई पश्चगामी र यथास्थितिबादीहरुबाट मुक्त गर्न सम्पूर्ण महिला शक्ति एकजुट भएर अघि बढ्नु पर्ने बताए ।
पूर्वमन्त्री समेत रहेका नेता ढकालले पटक पटक जनादेशको अपमान गर्नेहरुलाइ जनताले अस्विकार गरी नयाँ सोच र विचार बोकेको शक्तिलाई स्थापित गरी मुलुकको विकास र समृद्धिको यात्रालाइ तीव्रता दिनु पर्ने बताए । ढकालले प्रतिशोधको राजनीतिले नागरिकले दु:ख पाउने र देशको अमूल्य समय खेर जाने बताए ।
अध्यक्ष ढकालले थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न सरकारलाई सुझाब समेत दिए । अध्यक्ष ढकालले आगामी निर्वाचन अघिनै वर्तमान निर्वाचन प्रणालीमा व्यापक सुधार गरी प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद लगायत ब्यबस्था गर्न र संविधानलाई सर्व स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवस्यक पर्ने सुधारको लागि एक संविधान सुधार सिफारिस आयोग गठन गर्नु पर्ने मा जोड दिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एक दर्जन जना महिलाहरु परिवार दलमा प्रवेश पनि गरेको बताइएको छ।
कार्यक्रममा शुभकामना दिदै नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् सभासद कौशल शाहले मुलुक परिर्वतन हैन देशमा भएका संरचनाहरुमा परिर्वतन आवश्यक रहको बताउँदै महिला परिवारले नेपाली महिला आन्दोलनमा पुरयाएको योगदानको चर्चा गरे ।
कार्यक्रममा बोल्दै परिवार दलका प्रवक्ता सन्तोषकुमार पौडेलले महिला सशक्तिकरण र सम्पूर्ण वर्ग र क्षेत्र, जाती र समुदायको सबै क्षेत्रमा समानुपातिक सहभागीता तथा प्रतिनिधि गराउनु पर्ने कुरामा जोड दिए ।
दलका महामन्त्री विनोद डाँगीले पार्टी स्थापना पश्चात भएका महत्वूर्ण कार्यक्रमको बारेमा जानकारी दिँदै देशप्रतिको निष्ठा र जनसेवामा परिवार दलसँग अन्य कुनै दलको तुलना नहुने भन्दै परिवर्तनको प्रतिनिधित्व परिवार दलले मात्र गर्न सक्ने बताए ।
कार्यक्रममा नेपाल महिला परिवारकी संयोजक एवम् सभासद मिलन कुमारी राजवंशीले शान्ति, संवाद र पारस्पारिक सहअस्तित्वमा विश्वास गर्ने पार्टी भएको र राष्ट्रलाई भ्रष्टचार मुक्त बनाउन महिला परिवारले भूमिका खेल्ने बताइन । सभासद राजवंशीले महिला परिवारको प्रतिवेदन बाचन गरेकी थिइन् । परिवार दलले देशभरि आफ्नो संगठन बिस्तार तथा कार्यक्रमलाई तीव्रता दिएको छ ।
सो विशेष भेलामा दलका केन्द्रीय सदस्यहरु, बिभिन्न भातृसंगठनका प्रमुखहरु लगायत दशैभरीबाट सयौको संख्यामा महिलाहरुको सहभागिता रहेको थियो । गायक जय कुमार चौधरी गायिका प्राश्ना पाण्डे लगायतले सांगेतिक कार्यक्रम प्रस्तुत गरेको कार्यक्रमको संञ्चालन महिला परिवारकि महासचिव धर्मी भुसालले गरेकी थिईन ।