• मंसिर १३ २०८१, बिहीबार

मन्त्री बनेको ३ दिनमै हमालले दिए राजीनामा

आश्विन २४ २०७८, आईतवार

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले आइतबार बिहान राजीनामा दिएका छन् । केहीबेरअघि प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन् । हमालले मन्त्री पदबाट राजीनामा दिएर फर्किसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिएका हुन् ।