• मंसिर १३ २०८१, बिहीबार

कलेजोलाई यसरी सुरक्षित राख्नुहोस्

आश्विन २३ २०७८, शनिबार

हाम्रो शरीरको सबैभन्दा ठूलो अंगमध्ये एक कलेजो पनि हो । यो लगभग एक– साढे एक केजीको हुन्छ।

यसका काम अनेकौं हुन्छन् । हामीले खाएका औषधी कलेजोमा गएर मेटाबोलाइज हुन्छन् । खाना कलेजोमा जान्छ र सुगर तथा पोषिलो तत्व बढेको हुन्छ। नखाएका बेलाका लागि पनि यसले ‘व्यालेन्स’ गरिराखेर व्यवस्थापन गर्छ। यसको काम महत्त्वपूर्ण हुने हुँदा कलेजोको स्वास्थको ख्याल राख्नुपर्दछ ।

कलेजो स्वास्थ राख्न सकिने केही उपायहरू :
जैतूनको तेल
जैतूनको तेल कलेजोको स्वास्थ्यका लागि राम्रो विकल्प हो । बिहानको खाजा या कुनै पनि तरिकाले जैतूनको सेवन गर्नाले फाइदा पुग्छ । जैतूनको तेल पाइदैंन भने चुरोट, मदिरा तथा सूर्तिजन्य पदार्थबाट टाढै रहनु अत्यन्त आवश्यक हुन्छ ।

बेसार
बेसारको नियमित सेवनले कलेजोको समस्या हट्छ । बेसारमा एन्टीसेप्टिक गुण हुन्छ भने एन्टीअक्सिडेन्टको राम्रो स्रोत हो । हेपाटाइटिस बी र सीबाट निर्माण हुने भाइरस बढ््नबाट पनि यसले रोक्छ। दूधमा बेसार मिसाएर पिउनाले कलेजोलाई फाइदा पुग्छ ।

अमला
अमला भिटामिन सीको सबैभन्दा राम्रो स्रोत हो । यो आँखा, कपाल तथा छालाका लागि फाइदाजनक छ भने कलेजोको स्वास्थ्यका लागि पनि राम्रो हो । अध्ययनहरुबाट अमलामा कलेजो सुरक्षित राख्ने सबै तत्व रहेको पाइएको छ ।

ग्रीन टी
यदि कलेजो स्वस्थ राख्न चाहनुहुन्छ भने दूध चियाकोसाटो ग्रीन टी सेवन गर्न सुरु गर्नुस् । ग्रीन टीमा भरपूर मात्रामा एन्टी अक्सिडेन्ट हुन्छ, जसले सबै खालका विषाक्त पदार्थलाई नष्ट गर्छ । बिहान उठ्नेबित्तिकै १ कप ग्रिनटी पिउनु हितकर हुन्छ ।

करेला
स्वादका हिसाबले करेला तितो भएपनि कलेजोका लागि वरदान नै मानिन्छ । दिनहुँ १ ग्लास करेलाको जुस पिउनाले कलेजो स्वस्थ हुन्छ । साथै यसले फ्याटी लिभरको समस्या पनि हटाउँछ ।

गोलभेंडा
यदि फ्याटी लिभरको समस्या छ भने काँचो गोलभेंडा फाइदाजनक मानिन्छ । यसैले उपलब्ध भएसम्म उपयुक्त मात्रामा काँचो गोलभेंडा नियमित रुपमा सेवन गर्नु राम्रो मानिन्छ ।

एजेन्सी