• मंसिर १२ २०८१, बुधबार

बिहानै तातो पानी पिउँदा हुन्छ यति धेरै फाइदा

आश्विन २३ २०७८, शनिबार

बिहानै तातो पानी पिउँदा स्वास्थ्यका लागि निकै फाइदा गर्छ । बिहानै तातो पानी पिउनाले शरीरमा भएका ब्याक्टेरियाहरु पनि मर्ने हुँदा यसले अनेक रोगबाट समेत बचाउदछ ।

पेट सफा
बिहान खाली पेट एक गिलास पानी पिउँदा पेट सफा हुन्छ । यसले गर्दा शरीरले पोषक तत्त्व सजिलै ग्रहण गर्छ र पाचन प्रक्रिया राम्रो हुन्छ ।

मोटोपन घटाउने
बिहान खाली पेट पानी पिउँदा शरीरको मेटाबोलिजम बढ्छ । यसबाट अतिरिक्त बोसो पगाल्छ र मोटोपन घटाउँछ ।

छाला चम्किलो
छालालाई चम्किलो बनाउनका लागि पानी पिउनु जरूरी हुन्छ । यसले रगत सफा गराउँछ र छालासम्बन्धी समस्या भाग्छ ।

भोक बढाउने
पानी सेवन गर्दा पाचन प्रक्रिया राम्रो भएर भोक बढ्छ ।

रोग हटाउने
खाली पेट पानी पिउँदा मिर्गौलासँग सम्बन्धित समस्या, टाउकोदुखाइ, पेटमा ग्यास भरिने समस्या भाग्छन् ।