काठमाडौँ। यो वर्षको नोबेल शान्ति पुरस्कार दुई पत्रकारलाई प्रदान गरिएको छ।
नोबेल पुरस्कार समितिले शुक्रबार घोषणा गरेअनुसार दुई पत्रकार मारिया रेस्सा र दिमित्री मुरातोवलाई सो पुरस्कार प्रदान गरिएको हो।
मारिया रेस्सा फिलिपिन्सकि महिला पत्रकार हुन भने मुरातोव रुषका पत्रकार हुन्। उनीहरु दुवैले आ-आफ्नो देशमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि साहसिक संघर्ष गरेको हुनाले उनीहरुलाई यो पुरस्कार प्रदान गरिएको नोबेल पुरस्कार समितिले बताएको छ।
नोबेल पुरस्कार समितिले उनीहरुलाई ३२९ जना मनोनित व्यक्तिहरु ती दुई पत्रकारलाई सो पुरस्कारको लागि छानेको हो भने उनीहरुले सो पुरस्कार बापत ११ लाख अमेरिकी डलर रकम प्राप्त गर्नेछन।