• मंसिर १२ २०८१, बुधबार

बैतडीमा दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात

आश्विन २२ २०७८, शुक्रबार

बैतडी । बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका १ स्थित हाट स्वास्थ्य चौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो ।

स्थानीय सुरेन्द्र बहादुर धनुसेले मदिरा सेवन गरी हिजो साँझ महिला स्वास्थ्यकर्मीहरुमाथि हातपात गरेका हुन् । कोरोना खोप नलगाएको भन्दै मदिरा सेवन गरेर स्वास्थ्यकर्मीमाथि हातपात र गाली गलौज गरेको स्वास्थ्य चौकीका ईञ्चार्ज दिपेन्द्र बहादुर धामीले जानकारी दिए ।

हातपात गर्ने धनुसे फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।