• मंसिर १३ २०८१, बिहीबार

आजैदेखि ओछ्यान छोडेर भुइँमा सुत्ने गर्नुहोस् , यस्ता समस्याले सताउँदैन

आश्विन २१ २०७८, बिहीबार

भुइँमा सुत्नुभएको छ ? दिनभरिको मेहनतपछि नरम ओछ्यानमा जब सुत्नुहुन्छ, त्यो भन्दा बढी भुइँमा सुत्नु भयो भने अझ बढी आनन्द आउँछ ।

ओछ्यानमा सुत्दा कम्मर र गर्दनका पीडा हुने गर्दछ भने भुइँमा सुत्न थाल्नुभयो भने यी कुनै पनि समस्याले सताउँदैनन् ।

कम्मर दुख्ने समस्या अहिले आम समस्या भएको छ र जुनसुकै उमेरका मानिसलाई यसले सताउँछ । तपाईंमा पनि यो समस्या छ भने भुइँमा सुत्न थाल्नुस् ।

काँध र गर्दनमा पीडा हुने समस्या आजकलका मानिसलाई खुबै हुन्छ । लगातार कम्प्युटरमा काम गर्ने, झुकेर हिँड्ने, सही पोजिसनमा नबस्ने र गलत तरिकाले सुत्ने गर्दा यस्ता समस्या आउँछन् । काँधलाई सिधा पार्न र गर्दन दुखेको निको पार्न पनि भुइँमा सुत्न थाल्नुस् ।

शरीरमा सही रक्तसञ्चार होस् भनी चाहनुहुन्छ भने भुइँमा सुत्न थाल्नुस् । यसो गर्दा शरीर दिमागको तालमेल सही बस्छ र स्वास्थ्य पनि राम्रो रहन्छ ।

दिनभरिको थकान र तनावलाई हटाउने गजबको उपाय भुइँमा सुत्नु नै हो । भुइँमा सुत्दा मानसिक शान्ति पाइन्छ, मन रमाउँछ र तनाव तथा थकान भाग्छ ।

बेस्सरी थाकेर पनि निद्रा लागेन भने तपाईं भुइँमा सुत्न थाल्नुस् । यसो गर्दा तपाईंलाई गजबको निद्रा लाग्छ र उठेपछि पनि थकान र टाउको दुख्नेको साटो ताजापन अनुभव हुन्छ ।

एजेन्सी