• मंसिर १२ २०८१, बुधबार

मन्त्रालय भागवण्डा : जसपालाई संघीय मामिला

आश्विन २१ २०७८, बिहीबार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जनता समाजवादी पार्टी(जसपा)को भागमा पर्ने सम्भावना प्रवल देखिएको छ ।

जसपाले संघीय मामिला तथा सामान्य प्रशासनसँगै भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने स्रोतले जनाएको छ ।

एकीकृत समाजवादी(एस) र माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमा दाबी गरेपनि जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरुले पाउने सहमति भइसकेकाले हेरफेर नगर्न अडान राखेसँगै जसपाले सो मन्त्रालय पाउने सम्भावना प्रवल देखिएको हो ।

शुक्रवार(भोली) मन्त्रिपरिषद् विस्तारसँगै सपथ हुने स्रोतले बताएको छ । सत्तारुढ दलका नेताहरुको आज बसेको बैठकले एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउने छ ।

यसैगरी अर्थ र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय लिईसकेको माओवादी केन्द्रले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, शिक्षा, विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय लिँदैछ ।