काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित ४ मन्त्रालय पाउने भएको छ ।
विहीबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धन सरकारमा आफूहरुले स्वास्थ्य तथा जनसंख्या,श्रम तथा रोजगार,संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय गरेर ४ वटा मन्त्रालय पाउने जानकारी दिएका हुन् ।
सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो भोलि बस्ने केन्द्रीय सचिवालय बैठकले गर्ने उनले बताए ।