काठमाडौँ। गल्छी गाउँपालिका वडा नं ७ स्थित गल्छिमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी –७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिए ।
यातायात अवरुद्ध हुँदा दशैँका लागि घर हिँडेका यात्रुले सास्ती व्यहोर्नुपरेको छ । यातायात साधन नचल्दा १० किलोमिटर लामो लाम लागेको छ ।
यसैगरी नौबिसे–नागढुङ्गा सडकमा सवारीसाधन बिग्रिएका कारण यातायात अवरुद्घ भएको छ । सवारीसाधनको चाप भएका कारण यातायात जाम भएको छ।