• मंसिर १२ २०८१, बुधबार

माओवादीले टुङ्ग्यायो आफ्नो भागमा परेका मन्त्री (नामसहित)

आश्विन २० २०७८, बुधबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेका मन्त्रीको नाम टुंगो लगाएको छ ।

प्रवक्ता कृष्ण बहादुर महराले बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले आफूहरुको भागमा परेका मन्त्रीहरुको नाम टुंगो लगाएको जानकारी दिए ।

यसअघि माओवादीको तर्फबाट देउवा सरकारमा दुई मन्त्री सहभागी भैसकेका छन् । अबको मन्त्री मण्डल विस्तारमा देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र बोधमाया यादवको नाम टुंगो लगाइएको बताउदै प्रवक्ता महराले४ जनामध्ये बोधमाया राज्यमन्त्रीको भूमिकामा रहने समेत जानकारी दिए ।

मन्त्रीहरुको नाम टुंग्याइए पनि मन्त्रालय भने टुंगो लाग्न बाँकी रहेको प्रवक्ता महराले बताए ।