काठमाडौं । देशभरका अदालत घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म बन्द हुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरुको मंगलबार बसेको पूर्ण बैठकले घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत लगायत देशभरका अदालत बन्द गर्ने निर्णय गरेको हो ।
यस्तै पूर्ण बैठकले दशैं लक्षित न्यायाधीशहरुको रोस्ट्रम पनि मिलाएको छ।
विदाको समयमा बन्दीप्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरुको रोस्ट्रम मिलाइएको छ । सो समयमा अदालत ११ देखि ३ बजेसम्म खुल्नेछ।