• मंसिर १२ २०८१, बुधबार

प्रधानन्यायाधीशले बोलाए न्यायाधीशहरुको पूर्ण बैठक

आश्विन १९ २०७८, मंगलवार

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्णबैठक (फुलकोर्ट) बोलाएका छन् ।

बैठक दिउँसो १ बजेपछि बस्ने तय भएको हो। बैठकमा दसैं बिदाको अवधिमा मुद्दा सुनवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्ने लगायतका एजेण्डामाथि छलफल हुने बताइएको छ।

सर्वोच्च अदालतमा घटस्थापनादेखि दसैं बिदा हुन्छ तर, बन्दीप्रत्यक्षीकरण लगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने रोकिंदैन । यसका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने अभ्यास छ ।

सर्वोच्च अदालतले कुनै महत्त्वपूर्ण निर्णय गर्दा पूर्णबैठक बस्ने चलन छ।