• मंसिर १२ २०८१, बुधबार

श्री एयरलाइन्सको जहाज रनवेमा चिप्लियो

आश्विन १९ २०७८, मंगलवार

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज रनवेमा चिप्लिएको छ । काठमाडौँबाट नेपालगञ्ज जान लागेको श्री एयरलाइन्सको जहाज पार्किङबाट रनवेतर्फ जाँदै गरेको अवस्थामा पिचबाट चिप्लिएको हो ।

विमानस्थल स्रोतका अनुसार श्री एयरको ९ एन–एएनएफ जहाज स्टार्ट गरेर अघि बढाउने क्रममा ट्याक्सी वेबाट घास भएतिर गएको हो ।

करिब ८० जना यात्रु लिएर नेपालगञ्ज उड्न लागेको जहाज उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएपछि सबैलाई निकालिएको छ ।

यात्रुलाई अर्को जहाजमा राखेर पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

जहाजले धावन मार्ग अवरोध नगरेका कारण अन्य उडान नरोकिएको स्रोतले जनाएको छ।