काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सरकारसँग आफूले कुनै भाग नमागेको बताएका छन् । सोमबार सर्वोच्च बारका पदाधिकारीहरूसँगको छलफलमा आफूले सरकारसँग कुनै कोटा नमागेको र बाहिर आएका हल्लामा कुनै सत्यता नरहेको बताएका हुन् ।
प्रधानन्यायाधीश राणाले सरकारमा कोटा मागेको चर्चा चलेपछि आज सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारी प्रधानन्यायाधीशसँग छलफल गर्न पुगेका थिए ।
छलफलमा सर्वोच्च बारका पदाधिकारीले प्रधानन्यायाधीश समक्ष सरकारसँग कोटा माग गरिएको विषय प्रकाशमा आएको भन्दै प्रष्ट पार्न आग्रह गरेका थिए । जवाफमा प्रधानन्यायाधीश राणाले आफूले त्यसप्रकारको कुनै कुरा नगरेको प्रस्ट पार्दै यस विषयमा सर्वोच्च अदालतले चाँडै नै विज्ञप्तिमार्फत खण्डन गर्न लागेको जानकारी दिएका छन् ।