काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल डिस्चार्ज भएका छन् ।
स्वास्थ्यमा समस्या भएपछि गत असोज १३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका अध्यक्ष नेपाल स्वास्थ्यलाभ गरी सोमबार विहान डिस्चार्ज भएका हुन् ।
स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्ने अध्यक्ष नेपालको निजी सचिवालयले जनाएको छ ।