• मंसिर १२ २०८१, बुधबार

अब पानी पर्ने कुरा २ घण्टा पहिले नै थाहा पाउन सकिने

आश्विन १७ २०७८, आईतवार

काठमाडौं । अब पानी पर्ला की नपर्ला भनेर आशंका कुरा गर्न नपर्ने भएको छ । आर्टिफिसियल इन्टेलिजेन्स, एआइले अबको दुई घण्टामा पानी पर्छ कि पर्दैन भनेर निश्चित बताउन सक्ने रिसर्चमा पत्ता लागेको छ । गुगलको स्वामित्वमा रहेको लन्डनको अल ल्याब डिप माइन्ट र युनिभर्सिटी अफ एक्सटरका वैज्ञानिकहरुले मिलेर यो नयाँ प्रविधि निर्माण गरेका हुन् ।

यसअघिका परम्परागत प्राविधिक तरिकाहरुमा जटिल इक्वेसन प्रयोग गरिन्थ्यो जसले ६ घण्टादेखि दुई हप्ताको समयमा मात्र मौसमबारे भविष्यवाणी गर्न सक्थ्यो । तर नयाँ एआइ प्रणालीले छोटो समय सिमामै त्यो भन्दा धेरै सहि भविष्यवाणी गर्न सक्ने बताइएको छ । यति मात्र नभएर यसले आँधी, तूफान, बाढी जस्ता गम्भीर विषयबारे पनि पहिले नै जानकारी दिन सक्ने पाइएको छ ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण पनि मौसमको अवस्था कुन स्तरसम्म खराब हुनेछ भन्ने अनुमान गर्न झन झन कठिन बन्दै गएको छ । जस्तै हिजोआज पानी पर्दा अनुमान गरिए भन्दा ठूलो पानी पर्ने अनि जनधनको धेरै क्षति गराउने घटना बढी भइरहेको पाइएको छ । त्यसैले पनि यो रिसर्चले आगामी क्षति जोगाउन उल्लेखनीय साबित हुने खोजकर्ताहरुको विश्वास छ ।

जलवायु परिवर्तनका कारण कठोर मौसम अब झन सामान्य बन्दै जाने मेट अफिसका प्रमुख नेल रोबिन्सन बताउँछन् । उनले भने,‘त्यसैले पनि छोटो समयसम्मको पूर्वानुमान भएपनि त्यो सहि भयो भने यसले सबैलाई सुरक्षित रहन र क्षति कम गर्न मद्दत गर्नेछ ।’ यो नयाँ एआइ प्रणालीले पानी पर्दाका ‘कमन प्यार्टन’ अर्था सधैँको प्रक्रिया पहिचान गरेको हो । यसपछि यसलाई युकेको रेडार म्याप प्रयोग गरि परीक्षण गरिएको थियो जसको नजिजामा यसले गरेको भविष्यवाणी सबै स्थानका लागि ८९ प्रतिशत सहि रहेको पाइएको हो ।

जर्नल नेचरमा प्रकाशित यो खोजमा मौसम विदहरुले उल्लेखीय रुपमा अब यही एआइ प्रविधि प्रयोग गर्ने बताएका हुन् । डिपमाइन्डका वरिष्ठ वैज्ञानिक शखिर मोहोम्मद भन्छन्,‘यो ट्रायलले एआइ वास्तवमै शक्तिशाली टुल हुन सक्छ भन्ने देखाएको छ । यसले मौसमविद्हरुको समय बचाउनेछ भने थरीथरीका डाटा अध्ययन गर्नुको सट्टा सटिक एउटामा केन्द्रित रहेर त्यसैलाई बुझ्ने प्रयास गर्ने मौका दिलाएको छ । यसले धेरैको ज्यान बचाउनेछ ।’