• मंसिर १२ २०८१, बुधबार

देशको राजनीतिक बागडोर माओवादी नेतृत्वले लिएको छ : ऊर्जामन्त्री पम्फा भुसाल

आश्विन १६ २०७८, शनिबार

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको राजनीतिक बागडोर नेकपा (माओवादी केन्द्र) र त्यसको नेतृत्वमा निहित रहेको बताएका छन् ।

देशको सिङ्गो राजनीति चलाउने क्षमता माओवादी केन्द्रमा रहेको दाबी गर्दै पार्टी स्थायी समितिसमेत रहेकी मन्त्री भुसालले माओवादीहरू आफ्नो सङ्गठन, विचार र कार्यदिशामा स्पष्ट रहेको उल्लेख गरिन् ।

माओवादी नेतृत्वमा एकताको पहल गर्ने, प्रतिक्रान्तिका विरुद्ध गोलबद्ध गर्ने, अग्रगामी शक्तिलाई मिलाउने क्षमता रहेको उल्लेख गर्दै उनले भनिन, ‘देशको राजनीति बागडोर माओवादी र माओवादी नेतृत्वले लिएको छ ।’

ललितपुर महानगरपालिका–२२ को वडा सम्मेलनको आज उद्घाटन गर्दै उनले जनयुद्धका समयमा जनतासँग नङ र मासुको सम्बन्ध बनाएजस्तै गरी सङ्गठन विस्तार गर्ने बताए । ‘आम पार्टीे कार्यकर्ता र जनताको बलबाट सुदृढ सङ्गठन बनाएर पार्टीलाई अझै सबल बनाउनुपर्छ’, मन्त्री भुसालले भने, ‘टोल, वडा, पालिकास्तरमा सङ्गठन विस्तार गरेर जानुपर्छ । माओवादीलाई एकताबद्ध गरेर सुदृढ सङ्गठन बनाउँछौँ ।’