स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । एकाबिहानै लसुनको टुुप्पो खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ ।
खाली पेट लसुन खाँदा यसले पेटका हानिकारक ब्याक्टेरियालाई नष्ट हुन्छ ।
ग्यास्ट्रिकको समस्या हुनेहरूले बिहान खाली पेटमा तातो पानीसँग लसुन खादा निकै फाइदा पुग्छ ।
लसुनका अन्य पनि धेरै फाइदा छन् । मुसा तथा फंगल संक्रमणबाट बच्नका लागि छालामा लसुनको लेप लगाउन सक्नुहुन्छ ।
लसुन खाँदा रक्तचाप स्थिर हुन्छ । यसले हाइपरटेन्सन पनि घटाउँछ ।
लसुनले पेनकिलरको पनि काम गर्छ । शरीरको कुनै भाग सुन्निँदा पनि लसुनले फाइदा गर्छ । लसुनले रगत पातलो बनाएर जम्नबाट रोक्छ ।
लसुन नियमित खाँदा रुघाखोकी लाग्दैन ।
एजेन्सी