• मंसिर १२ २०८१, बुधबार

एमालेको विधान महाधिवेशन : दस्तावेजमाथि छलफल गर्न प्रतिनिधिहरू १० समूहमा विभाजन

आश्विन १५ २०७८, शुक्रबार

काठमाडौं । आज शुक्रबार एमालेको विधान महाधिवेशनमा तीनवटा दस्तावेज पेश भएका छन् । भोलि शनिबार सो दस्तावेजमाथि छलफल हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जनाएका छन् ।त्यसको लागि प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको छशनिबार बिहान ८ बजे सुरु हुने दोस्रो दिन ती दस्तावेजहरूमाथि समूहगत छलफल हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जनाएका छन् ।

सो पार्टीको प्रथम विधान महाधिवेशन शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा एक समारोहबीच शुभारम्भ भएको हो । महाधिवेशनको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो भने त्यसक्रममा कम्युनिष्ट अन्तर्राष्ट्रिय गीत पनि गाइएको थियो । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गरेका थिए ।

कुल ६ हजार ३ सय ४७ प्रतिनिधिहरू सहभागी रहेको महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।