• मंसिर १२ २०८१, बुधबार

अब ‘सुशासन तथा भ्रष्टाचर निवारण अध्ययन’ विषयमा पनि स्नातकोत्तर

आश्विन १५ २०७८, शुक्रबार

काठमाडौं । अब ‘सुशासन तथा भ्रष्टाचर निवारण अध्ययन’ विषयमा पनि स्नातकोत्तर गर्न सकिने भएको छ ।

त्रिभुवन विश्वविद्यालयले भ्रष्टाचर निवारणका क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि सो अध्ययन सञ्चालनमा ल्याएको हो ।

मानविकी तथा सामाजिक विज्ञान सङ्कायअन्तर्गत उक्त विषयमा भ्रष्टाचारको सिद्धान्त, राजनीति र भ्रष्टाचार, सुशासनका चुनैती, तथ्याङ्क विधि, विकास र भ्रष्टाचार, भ्रष्टाचारविहीन कानुन र संयन्त्र, नैतिकता र भ्रष्टाचार, भ्रष्टाचारको सामाजिक तथा सांस्कृतिक पक्षलगायत पठनपाठन हुनेछ ।

दुई वर्षको समयअवधि तथा चार सेमिष्टर रहने उक्त अध्ययनमा अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीतिसमेत पाठ्यक्रम छ ।

यहाँ आज आयोजित कार्यक्रममा डिन प्राडा कुसुम शाक्यले मुलुकको विकास तथा समृद्धिमा भ्रष्टाचार बाधक तत्वका रुपमा रहेको बताउँदै यसको न्यूनीकरणका लागि यो क्षेत्रको अति आवश्यक रहेको बताए ।