काठमाडौं । पशुपति क्षेत्रमा बस्ने एक साधुमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा
चितवनको जगतपुर नयाँबस्ती घर भएका ३७ वर्षीय ताराबहादुर लामिछाने रहेका छन्। उनलाई शुक्रबार बिहान हेपाली हाइटबाट पक्राउ गरेको महानगरीय परिसर काठमाडौंले जनाएको छ । उनको साथबाट घटनामा प्रयोग भएको खुकुरी र झोला समेत बरामद गरेको प्रहरीको भनाइ छ।
असोज ११ गते बिहान पौने ६ बजेतिर पशुपति स्थित विश्वरुपा जाने बाटो छेउको झाडीमा सन्तोष भन्ने बाबालाई उनले छुरा प्रहार गरी फरार भएको प्रहरीको भनाइ छ । छुरा प्रहारबाट घाइते भएका सन्तोष बाबाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।