• मंसिर १२ २०८१, बुधबार

‘साथसाथै’को स्वदेशमै पर्यटन क्षेत्रको प्रर्वद्धन गरौं अभियान सुरु

आश्विन १५ २०७८, शुक्रबार

काठमाडौं, ८ असोज ।
देशको पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ यति बेला विभिन्न क्षेत्रमा आवद्ध महिलाहरु अन्नपूर्ण आधार शिविर जाने यात्रा तय गरेका छन् ।
‘साथसाथै’ नामक संस्थाले आफ्नै देशको पर्यटन क्षेत्रलाई आर्थिक रुपमा बलियो बनाउन र विश्वमा नेपाललाई पर्यटन क्षेत्रको रुपमा चिनाउनको लागि यो कार्य थालनी गर्न लागेको हो । संस्थाका अध्यक्ष प्रजिता कार्कीले ‘भने पछिल्लो समयमा कोभिडले पर्यटन क्षेत्रलाई निकै तहसनहस पारेकोले आफ्नै स्वदेशी पर्यटन क्षेत्रलाई बढाउन हामीले यो यात्रा तय गरेका हौं ।’

उनले भने,‘अब विदेशी पर्यटन क्षेत्र होइन नेपालमै भएका पर्यटन क्षेत्रलाई विकास गर्नुपर्छ । साथै आम नेपालीहरुमा पनि आफै स्वदेशमा भएको पर्यटीय क्षेत्रहरुको अवलोकन गरुन भन्ने मनसाय पनि हो ।’

कार्यक्रममा बोल्दै वरिष्ट क्याप्टेन विजय लामाले विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरु मिलेर पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्ने उद्देश्यले यसरी सँगै यात्रा गर्न लागेकोमा खुशी व्यक्त गरे । उनले भने यो समाजको लागि निकै राम्रो कार्य हुनेछ हामी पुरुषहरुले पनि महिलाहरु साथ दिँदै घरायसी कार्यमा मद्दत गर्नुपर्छ र नेपालको पर्यटन क्षेत्रलाई संरक्षण सम्वद्धन गर्नुपर्छ ।

सो संस्थाले अन्नपूर्ण आधार शिविर यात्राका लागि दश दिनको यात्रा तय गरेको छ । उक्त टोली आउने सोमबार ११ गते काठमाडौंबाट शिविरकालागि यात्रा गर्नेछ । अन्नपूर्ण यात्राका लागि विभिन्न क्षेत्रमा आवद्ध २० जना महिलाहरु छन् । संस्थाले पर्यटन क्षेत्रलाई विकास गर्नको लागि अन्नपूर्ण शिविरमा सन्देश मुलक कार्यक्रम समेत गर्नेछ ।