• मंसिर १२ २०८१, बुधबार

बालुवाटारमा सर्वदलीय बैठक सुरु, एमाले र राप्रपाद्वारा बैठक बहिष्कार

आश्विन १४ २०७८, बिहीबार

काठमाडौं । संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे दश बजेदेखि बैठक शुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतो लगायत नेताहरू सहभागी छन् ।

तर प्रमुख प्रतिपक्षी एमाले भने बैठकमा उपस्थित नरहेको जनाइएको छ । एमालेले आफूले हटाएका १४ सांसदलाई कारवाहीको सूचना टाँस गरी सभामुखले मार्गप्रसस्त नगरेसम्म संसद गतिरोधलाई लिएर डाकिएका कुनै पनि बैठकमा सहभागी नहुने जनाएको छ ।

यस्तै बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरु पनि उपस्थित नभएको प्रधानमन्त्र देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन्।