• मंसिर १२ २०८१, बुधबार

चिडियाखानामा जनावरहरुको अवस्था बुझ्दै मनाइयो विश्व रेविज दिवस

आश्विन १२ २०७८, मंगलवार

काठमाडौं । विश्व रेविज दिवस चिडियाखानामा पुगेर जनावरहरुको अवस्थाबारे बुझ्दै मनाइएको छ ।

हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने रेविज दिवस नेपालमा पनि ‘रेविज : तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आज मंगलबार ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पुगेर जनावरहरुको अवस्थामा बारेमा जानकारी लिएको थियो ।

बहुला कुकुरको टोकाइबाट मानिसमा सर्ने रेविज रोग विरालो, न्याउरीमुसा र स्यालको टोकाइबाट यो रोग सर्ने गर्दछ । नेपालमा अर्थिक वर्ष २०ं७६/०७७ मा ५२ हजार जनालाई कुकुरले टोकेको महाशाखाको तथ्यांक रहेको महाशाखाका निर्देशक डा कृष्ण पौडेलले बताए ।

त्यस्तै रेविजका कारण हरेक बर्ष दुई देखि तीन जनाको मृत्यु हुने गरेको जनाउदै बहुला वा शंकास्पद कुकुर वा जनावरले टोकेको खण्डमा उपचार कसरी गर्ने भन्ने बारे पनि जानकारी दिए ।

तुरुन्तै सम्भव भएमा सावुन पानी वा सफा पानीले टोकेको भागमा ५ मिनेटसम्म राम्ररी सफा गरी घाउमा डिटोल आयोडिनको झोल लगाउनु रेविजको प्राथमिक उपचार रहेको डा पौडेलले बताए ।