• मंसिर १२ २०८१, बुधबार

चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै काठमाडौँमा विरोध प्रदर्शन

आश्विन १२ २०७८, मंगलवार

काठमाडौँ। चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै लोकतान्त्रिक युवा संघले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । हुम्लामा चीनले नेपाली सीमामा अतिक्रमण गरेको भन्दै संघमा आबद्ध नेता-कार्यकर्ताले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएकाहरुले चीनद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गर, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिलर सार्न पाइँदैन लगायतका प्ले कार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले नेपाली भूमि मिच्न पाइदैन भन्दै नाराबाजी समेत गरेका थिए ।

सो पार्टीका युवा नेता कृष्णा सिंहले चीनले नेपाली भूमि फिर्ता नगरुन्जेल विरोध प्रदर्शन जारी राख्ने बताए।