• मंसिर १२ २०८१, बुधबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

आश्विन १२ २०७८, मंगलवार

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो। बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्थतका कारण बैठक सारिएको बताइएको छ। आज बोलाइएको बैठकमा विभिन्न सम्मेलनको मिति टुंग्याउने, सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट मञ्च, आयोगहरुको फर्मेसन गर्ने एजेण्डा थियो ।