• मंसिर १२ २०८१, बुधबार

सम्पादकहरुसँग छलफल गर्दै एमाले अध्यक्ष ओली

आश्विन १२ २०७८, मंगलवार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेपाली सञ्चारमाध्यमका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् ।

मंगलबार अपराह्न ४ बजे पछि नयाँ बानेश्वरमा छलफलको कार्यक्रम तय भएको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए ।

सरकारबाट बाहिरिएपछि तथा पार्टी विभाजनपछि ओलीले पहिलोपटक सम्पादकहरुसँग छलफल गर्न लागेका हुन् ।

असोज १५ देखि १७ गतेसम्म तय भएको विधान महाधिवेशन तथा विकसित राजनीतिक घटनाक्रममा ओलीले सम्पादकहरुसँग छलफल गर्न लागेको बताइएको छ।