काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने जनाइएको छ।
आजको बैठकमा महाधिवेशन केन्द्रित विषयमा नै छलफल गरिने बताइएको छ। सोमबारको बैठकले महाधिवेशन केन्द्रित केही क्रियाकलापको कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको थियो।
माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम गर्ने निर्णय भने यथावत राखेको छ।