काठमाडौँ। पशुपतिनाथको मन्दिर परिसरमा एक बाबामाथि खुकुरी प्रहार भएको छ । सोमबार बिहान सन्तोष बाबालाई अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेका हुन् ।
ती व्यक्तिले बाबासँग गाँजा मागेको तर बाबाले छैन भनेपछि ती व्यक्तिले बाबामाथि खुकुरी प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार बाबा सन्तोष हिन्दी मात्रै बोल्छन् । ३५ वर्षका बाबा सन्तोष बिहान विश्वरुपा मन्दिर नजिकै शौचालयतर्फ जाँदै थिए । सोही समयमा उनीमाथि खुकुरी प्रहार भएको हो ।
हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको र खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।