• मंसिर १२ २०८१, बुधबार

कांग्रेसले दियो दलितलाई १८ वटा निर्वाचन क्षेत्र

आश्विन ९ २०७८, शनिबार

काठमाडौं । नेपाली काङ्ग्रेसले महाधिवेशन प्रतिनिधिमा दलित लगायतका समुदायको अनिवार्य प्रतिनिधिको सुनिश्चितता गरेको छ ।

जनसंख्या कम भएकोले १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १८ वटा क्षेत्रमा दलित समुदायबाट महाधिवेशन प्रतिनिधिमा शून्य हुने अवस्थापछि नेपाल दलित संघ लगायतले विरोध गरेका थिए ।

अब वडादेखि महाधिवेशन प्रतिनिधिसम्म दलित समुदायबाट प्रत्येक क्षेत्रमा कम्तीमा एकजना महाधिवेशन प्रतिनिधि हुने गरी सुनिश्चित भएको हो ।

काङ्ग्रेसले मधेसी, थारु, मुस्लिम, अल्पसंख्यक र अपांगता भएका व्यक्तिमध्येबाट पनि महाधिवेशन प्रतिनिधि सुनिश्चित गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । काङ्ग्रेसमा एक प्रतिनिधिसभा क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि आउँछन् ।