काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)लाई कुरुप बनाउने काम गरिएको बताएका छन् ।
पार्टी केन्द्रीय कमिटी बैठकको समूहगत छलफलमा जबजबारे प्रश्न उठेको थियो । जवाफमा अध्यक्ष नेपालले जबज माक्सवादको सिर्जनात्मक प्रयोगको एक अध्याय भएको बताए ।