• फाल्गुन २८ २०८२, बिहीबार

परमादेशको सरकारले जनादेशको महत्व बुझ्दैन : ओली

आश्विन ६ २०७८, बुधबार

बर्दिया। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार सञ्चालन गरेका दलले जालझेल गरेर प्रतिपक्षमा पठाएको आरोप लगाएका छन्। एमाले जिल्ला कमिटी बर्दियाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई बुधबार सम्बोधन गर्दै ओलीले अनेक जालझेल गरेर जनादेशबाट नभइ परमादेशबाट आफूहरुलाई प्रतिपक्षमा पठाइएको बताएका हुन् । उनले जनताका हातमा मतपत्र परेपछि विपक्षी दलले जनादेशको महत्व बुझ्ने दाबी गरे ।

‘अनेक जालझेल गरेर जनादेशबाट होइन परमादेशबाट हामीलाई प्रतिपक्षमा पठाइएको छ।’ ‘जबसम्म जनताको हातमा मतपत्र पर्दैन। तबसम्म मात्रै परमादेश सरकार रहन्छ। जनताका हातमा मतपत्र परेपछि मात्र विपक्षी दलले परमादेश होइन जनादेशको महत्व बुझ्छन्।’

आगामी चुनावमा जनताले आफूप्रति गरेको विश्वासको परीक्षा हुने समेत उनले बताए।

आफ्नो सरकारले विकास निर्माणको कार्य तीव्र गतिमा अगाडि बढाएको बताउँदै तत्कालीन सरकारले विकासका काम गर्न बजेट छैन भन्दै जनताका काम गर्न आनाकानी गरेको पनि आरोप लगाए।