• फाल्गुन २८ २०८२, बिहीबार

बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा

भाद्र १६ २०७८, बुधबार

मकवानपुर । बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णशर्मा खनालले राजीनामा दिएका छन् ।

एकीकृत समाजवादीका लागि हिजो सनाखत गरेका उनले बुधबार विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष राजीनामा बुझाएका हुन् ।

उनी एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत हुन । शाक्य नेतृत्वको सरकारलाई काम गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको खनालले बताएका छन् ।