रुसी नेता जोसेफ स्टालिनले आफ्नो जीवनकालमा सोभियत संघका बिस करोड जनताको समाजवादी समाजको निर्माण, विकास र सुदृढिकरणको दौरानमा दुई पटक साम्राज्यवादीहरुका भीषण आक्रमण ब्यहोर्न पर्यो । ती आक्रमणहरुलाई नामेट पार्न उहाँले क्रान्तिकारी युद्ध नीति अपनाउनु भयो । जुन नीतिलाई स्टालिनवादको क्रान्तिकारी युद्ध नीति मान्न सकिन्छ ।
प्रथम–सन् १९१७ मा अक्टुबर क्रान्ति सम्पन्न भएपछि युरोपियन साम्राज्यवादीहरु (ब्रिटेन, फ्रान्स, जर्मनी र अमेरिका अझ जापान सहितका साम्रज्यवादीहरुले शिशु समाजवादी रुसलाई ध्वंस गर्न रुसभित्रका जमिनदार, सामन्त, सुदखोरहरुलाई संगठित गरी भाडाका सेनाहरु निर्माण गरेर हतियार, पैसा र बन्दोबस्ती सामानहरु उपलब्ध गराउने, सैन्य तालिम र स्वयम सेनाहरु समेत पठाउने गरे ।
तिनलाई बिनास गर्न स्टालिनको क्रान्तिकारी युद्ध नीति थियो :
मजदुर, किसान र महिलाहरुको राज्य सोभियत रुसको सुरक्षा गर्न तिनै जनतालाई संगठित गर, सचेत र संघर्षशील तुल्प्याऊ ! जमिन किसानहरुको बनाऊ ! कल कारखाना, खानी, उद्योगहरु मजदुरहरुको बनाऊ ! उच्च मनोबलका साथ भाडाका सेना र साम्राज्यवादी लुटेरा सेनाहरुलाई ध्वस्त पार ! बोल्सेभिक पार्टी कार्यकर्ताहरुलाई हरेक लालसेनाका इकाईहरुमा राजनैतिक प्रशिक्षक बनाऊ ! क्रान्तिकारी युद्धमा खारिएर आएका योद्धाहरुलाई कमाण्ड सम्हाल्न लगाऊ !
समाजको आधा आवादी ओगट्ने महिलाहरु बिना क्रान्तिकारी युद्धको विजय असम्भव छ ।
लालसेनाले जनतासँगको सम्बन्धलाई घनिष्ठ बनाऊ ! हामी उनैको लागि लडिरहेछौँ भनेर । हरेक लालसेना अनुशासित बन, जनतालाई गुरु मान ! जुन गुरुसँग जनशक्ति, अनुभव र खाद्यान्नको अपार स्रोत छ । कुनै पनि क्रान्तिकारी युद्ध विजय वा पराजय के हुन्छ भन्ने कुरा त्यहाँको जनताले लालसेनलाई सहयोग र समर्थन गर्छ कि गर्दैन भन्ने कुराले निर्धारण गर्दछ ।
स्टालिनको क्रान्तिकारी युद्ध नीतिमा आधारित भएर चीनको माओत्सेतुङको दीर्घकालीन जनयुद्धको सिद्धान्त प्रतिपादन भएको हो । जुन सिद्धान्तको दुईवटा बुँदा यहाँ राख्न सकिन्छ । माओ भन्नुहुन्छ,
‘जब दुश्मन अगाडि बढ्छ, हामी पछाडि हट्छौँ । जब दुश्मनले बिरामहरु गर्छ हामी त्यसलाई हायलकायल पार्छौं । जब दुश्मन थाक्छ हामी त्यसमाथि आक्रमण गर्छौं । जब दुश्मन पछाडिहरु हामी त्यसलाई पछ्याउँछौँ ।
गाउँ गाउँलाई आधार इलाका बनाऊ ! गाउँ गाउँले शहरहरुलाई घेरा हाल, नाकाबन्दी गर र सशस्त्र संघर्ष गरेर शहरहरु कब्जा गर, सर्वोच्च सत्ता नियन्त्रण लेऊ ! स्टालिनले सर्वप्रथम नियम र उपनियमहरु बनाउनु भएको हो । त्यसैमा आधारित भएर माओले चिनियाँ क्रान्तिमा लालसेना तथा जनमुक्ति सेनाको लागि विशेष नियम र अनुशासन बनाउनु भएको हो । त्यसैमा आधारित भएर माओले चिनियाँ क्रान्तिमा लालसेना तथा जनुमुक्ति सेनाको लागि विशेष नियम र अनुशासन बनाउनु भयो । जुन युद्धकालमा निर्माण भएका थिए । ती निम्न छन्,
तिन नियमहरुः
१. जनताको सियो र धागो पनि नलेऊ !
२. आदेशको पालना गर !
३. कब्जा गरेका कुराहरु संगठनलाई बुझाऊ ।
आठवटा ध्यान दिनुपर्ने कुराहरुः
१. नम्र भएर बोल ! (नम्र भनेको सत्य, सही र उचित हो । चिप्ला, जाली र कुत्सित हैन – लेखक)
२. जनतालाई हप्काउने, दप्काउने नगर !
३. बाली नबिजार !
४. पैँचो लिएको कुरा फिर्ता गर !
५. बिगारेको मालको हर्जना चुकाऊ !
६. महिलाहरुसँग छाडा व्यवहार नगर (महिलाले पनि पुरुषसँग छाडा व्यवहार गर्नु हुँदैन (लेखक) ।
८……..
भियतनामी मुक्ति संग्राम र क्युबाली क्रान्तिमा पनि त्यहाँका नेतृत्वहरुले माथिको क्रान्तिकारी युद्ध नीति र आफ्ना लालसेना तथा मुक्ति सेनाहरुलाई अनुशासनको नियम परिपालना गरेका थिए । जसको मूलआधार स्टालिनको क्रान्तिकारी फौजी सिद्धान्त नै हुन् । स्टालिनको क्रान्तिकारी फौजी सिद्धान्तभित्र अरु पनि केही महत्वपूर्ण कुराहरु छन् ।
जस्तैः सेना र कमाण्डरहरुको कर्तव्य र जिम्मेवारी फरकफरक हुन्छन् । तर उनीहरुले पाउने भौतिक, आर्थिक सुविधाहरु समान हुनुपर्छ ।
यो कुराले पुँजीवादी र सामन्तवादी सेनाको पंक्तिभित्र ठूलो भुईंचालो आयो । किनकि ती व्यवस्थाका सेना र प्रहरीहरुको संगठन कमाण्डरहरुका वेतन, भत्ता र अन्य खाना, कपडा, आवासको सुविधा उच्चस्तरको हुन्थे तर तल्ला दर्जाका सेना, प्रहरीका खाना, कपडा, आवास, वेतन, भत्ता हरेक कुराहरु निम्न स्तरका हुन्थे । सेना, प्रहरीका कमाण्डरहरुका घरपरिवार हुन्छन् भने साधारण प्रहरी, सेनाका पनि बा, आमा, छोराछोरीहरु हुन्छन् । स्टालिनको समानताको सिद्धान्तले लालसेनाहरुका मनोबल उच्च भयो र भाडाका सेना र साम्राज्यवादीहरुका सेनाभित्र भुर्ईंचालो गयो । हतियार, सेना र युद्ध बन्दोबस्तीका मालसामानहरु लालसेनाहरुलाई रणभूमिमा प्रशस्त मिल्न पुग्यो ।
उक्रेनी मोर्चा, पोलैण्डको मोर्चा, दक्षिणको मोर्चा, जारित्किनको मोर्चा हरेक युद्धका मोर्चामा स्टालिनको कमाण्डको माग र जरुरत पुथ्यो । यो कमाण्डर जहाँ पुग्थ्यो त्यहाँ दुश्मनहरु ढुस्कुट हुन्थ्यो मानौँ युद्धमा कहिल्यै नहार्ने कमाण्डर यो युद्धका घडीमा स्टालिनको रिपोर्टर चिठीपत्रहरु पाएपछि लेनिनको पनि हात लगलग काम्थ्यो र मुटुको धड्कन बढ्थ्यो । किनकी शिशु समाजवादी रुसको जीवन बचाउने मूल कमाण्डर स्टालिन थिए । जसका हरेक शब्दहरु, सुझाव र सल्लाहहरु लेनिनले परिपालना गर्नुुहुन्थ्यो ।
गुरिल्ला युद्धको सिद्धान्तको प्रतिपादक पनि जोसेफ स्टालिन नै हुन् । दुश्मनको ठूलो शक्तिलाई नष्ट गर्न समय, परिस्थिति र अवस्थालाई मध्यनजर गर्दै एकजना क्रान्तिकारी गुरिल्लाले एक जनासम्मलाई ध्वस्त पार्न सक्छ । तत्कालीन नीति यो किन हो भने आम मजदुर, किसान र महिलाहरुले अभैm हामी क्रान्तिकारी कम्युनिस्टहरुको उद्देश्य बुभ्mन सकेका छैनन् र हामीले पनि बुझाउन सकेका छैनौँ । तर दीर्घकालमा एकजना दुश्मनलाई नष्ट गर्न एक सय जना क्रान्तिकारीहरुले घेरा हाल्नुपर्छ । किनकी भविष्यमा सम्पूर्ण मजदुर, किसान र महिलाहरु कम्युनिस्ट समर्थन बन्नेछन् ।
दोस्रो महायुद्धमा सर्वप्रथम जर्मनीले पश्चिम पोलैण्ड नियन्त्रणमा लियो । त्यसपछि बाल्टिक गणराज्यका लात्भिया, इस्टोनिया र …… पनि । जनताको सहयोगमा सोभियत संघमा मिलेमा यी राष्ट्रहरु सामरिक रुपले महत्वपूर्ण थिए । त्यसपछि जर्मनीसँग सोभियत संघको अनाक्रमण सन्धि भयो । जुन सन्धिलाई लिएर पश्चिमाहरु सोभियत संघका नेताहरुको बदनाम गर्न लागि परे । वास्तवमा हिटलर र मुसोलिनीलाई सोभियत संघविरुद्ध युद्धमा उक्साउने र लगानी गर्ने कार्य उनैले गरेका हुन् । वास्तवमा त्यसो भन्नेहरु स्वयम असभ्य, जंगली राज्य व्यवस्था थिए । ती हुन् पुँजीवादी साम्राज्यवादीहरु । दोस्रो महायुद्ध अघि र पछि अमेरिका, ब्रिटेन र फ्रान्सले विश्वका सयौँ मुलुकहरुमा सैन्य आक्रमण गरी बम, गोला र बन्दुकले करोडौँ मुक्तिकामी, क्रान्तिकारी जनताको हत्या गरेको ज्वलन्त उदाहरणहरु छन् ।
सोभियत संघले चेकोस्लोभिया र अफगानिस्तानमा आक्रमण गरी सयौँको हत्या गरेको भनेर स्टालिनको बदनाम गर्न खोज्नेहरु पनि छन् । वास्तवमा सन् १९५३ मा स्टालिनको निधनपछि सोभियत संघमा ख्रुश्चोभ, ब्रेजनेभहरुको हातमा सत्ताको नेतृत्व पुग्यो । जसले स्टालिनको अग्रिम भूमिकामा निर्माण, विकास र सुदृढ भएको सोभियत संघमा टेकेर हजार हजार कुकर्महरु गरे । यी मानव इतिहासका अर्का कंलकहरु हुन् । जसका विषयमा अर्को प्रसंगमा विस्तृत व्याख्या हुनेछ । संक्षिप्तमा भन्दा यिनैको गलत र घातक नीतिको परिणाम नब्बेको दशकमा आईपुग्दा सोभियत संघको अस्तित्व नामेट भयो र विश्व राजनैतिक रंगमञ्चमा स्टालिनको स्थापित गरेको गौरवपूर्णको प्रतिष्ठा र इज्जत पनि नष्ट भयो ।
स्टालिनको नेतृत्वको दोस्रो महायुद्धमा हिटलर, जवान र इटली साम्राज्यवादी युद्ध नीति विरुद्ध सोभियत संघको क्रान्तिकारी युद्धनीति निम्न थियो । जुन व्यवहारतः सफल भई संसारले देख्यो, ‘दुश्मन क्रुर र लुटेरा छ, तिनको पतनको लागि सोभियत संघका ऐक्यबद्धता अरु मजबुत बन्नु पर्छ । नैतिक, आर्थिक, भौतिक, आत्मिकरुपले सबै फलामको ढिको झैं बन ।’
‘लालसेना दुश्मनसँग लड्ने मुख्य शक्ति हो, सैन्य सामग्री, खाद्यान्न, सूचना, सम्पूर्ण कुराहरु परिपूर्ति गर्न कुनै कसर राख्न हुँदैन । छापामार (गुरिल्ला) सेना सहायक शक्ति हो । यो समायोजना गर !’
‘संसार भरिका मजदुर, किसान र महिलाहरु हाम्रा शक्तिका स्रोतहरु हुन्, तसर्थ तिनको ऐक्यबद्धता र साम्राज्यवादी युद्ध अपराधीहरु विरुद्ध जनलहर ल्याउन पर्छ ।’
‘हाम्रा लाल सेनाहरु र कमाण्डरहरु दुश्मनको आक्रमणलाई निस्तेज पार्न पहाडी युद्ध, हिमाली युद्ध, जंगली युद्ध, मैदानी युद्ध, शहर बजारका युद्ध हरेक युद्ध मोर्चाहरुमा उच्च मनोबलका साथ लड्न पर्छ र तिनलाई ढुस्कुट पार्नु पर्छ ।
‘दुश्मन ठूलो शक्ति भए तिनलाई विनाश गर्न भित्रसम्म घुस्न देऊ अनि तिनको रसदपानी र जनशक्ति आपूर्ति मार्ग पत्ता लगाऊ । त्यहाँ भीषण आक्रमण गरी नष्ट गरिदेऊ ! गुरिल्ला आक्रमणलाई पनि उपयोग गर ! घेराभित्रका दुश्मनलाई भष्मीभूम पारिदेऊ !’
‘हाम्रा कमजोर स्थानहरुमा दुश्मनको लागि एक गेडा अन्न र एक लिटर पेट्रोलियम पनि हात पर्न नदेऊ सकिन्छ लुकाऊ ! सकिन्न त नष्ट गरिदेऊ !’
दूरदर्शी सैन्य कमाण्डर महान जोसेफ स्टालिनले जर्मन नश्लवादी हिटलर र इटालीका नाजी पार्टीका नेता मुसोलिनीको युद्ध प्रवृत्तिलाई मध्यनजर गर्दा तिनले विश्व विजयको मार्ग अपनाएकोले सोभियत संघले अमेरिका, ब्रिटेन, फ्रान्सका सरकारहरुलाई आफ्ना राजदूतहरु मार्फत् संयुक्त मोर्चा बनाई लड्न प्रस्ताव गरेको हो । तर तिनले केही वास्ता राखेनन्, जो सोभियत संघ जर्मनका हिटलरको आक्रमणले नष्ट भएको देख्न चाहन्थे । सोभियत संघमाथिको आक्रमणमा जब हिटलरले फलामको च्युरा झैं अनुभूति गरे तब उनले फ्रान्समाथि थावा बोले र दुई दिनमा कब्जा गरे । ब्रिटेनको राजधानी लण्डनको आकाशमा सयौँ हवाइ जहाजले एकै पटक आक्रमण गरेर बमबार्ड गरे र सयौँको ज्यान लिए । जर्मनले जापनिज शक्तिलाई परिचालन गर्दै अमेरिकाको होनोलुलुमा हवाई आक्रमण गरी तीन हजारको हत्या गरे । तब अमेरिकी, ब्रिटिस र फ्रान्सका नेतृत्वहरुले तोरीको पूmल देख्दै हतार हतार सोभियत संघको नेतृत्व जोसेफ स्टालिनसामु बिन्ती गर्न पुगे, ‘लौ अब हामी मिलेर जर्मनी, इटली र जापनिज साम्राज्यवादी युद्धखोर शक्तिहरु विरुद्ध लड्न पर्यो, तिनलाई पतन तुल्याउन एक भएर जान पर्यो, मित्र सेना र मित्र राष्ट्रहरु गठन गर्न पर्यो …’
नम्रता, विवेक र संवेदनाको उच्चस्तरको मुटु भएको महामानव इतिहासकै सर्वोच्च र सर्वोकृष्ट कमाण्डर विस्यारियोन जोसेफ स्टालिनले तिनको प्रस्तावलाई सहर्ष स्वीकारे र आवश्यक कर्महरु गरे । परिवर्तित परिस्थितिमा युद्धका नीतिहरु केही परिवर्तन भयो ।
जस्तै– साम्राज्यवादी जर्मन, इटली र जापनिज आक्रमणकारी विरुद्ध मित्रराष्ट्रहरु र मित्र सेनाहरु ऐक्यबद्ध भई लड्नु पर्ने आजको मूल आवश्यक हो । यो कदमले सोभियत संघको सुरक्षामा मद्दत पुग्छ र भविष्यमा विश्वशान्ति हुनेछ,
‘राष्ट्रिय मुक्ति आन्दोलन र स्वाधीनताको संग्राम यतिखेर गौण बन्न पुग्यो । मूलतः विश्व विजयको लागि युद्ध सुरु गर्ने, जर्मनी, जापान र इटली नै मूल दुश्मन बन्न पुग्यो । तिनको पतन गर्न सम्पूर्ण शक्ति र स्रोतहरु लाग्नु पर्छ ।’
‘साम्राज्यवादी जर्मनी, जापान र इटली शक्तिविरुद्ध लड्न सम्पूर्ण शक्तिहरु, सरकारहरुलाई साथ देऊ ! सहयोग गर !’
‘दुश्मन विरुद्ध सम्पूर्ण शक्ति र स्रोतहरु परिचालन गर । लालसेना, छापामार सेना र क्रान्तिकारी जनता बीचको ऐक्यबद्धताले सम्पूर्ण युद्धलाई निर्धारण गर्दछ । यसमा उच्च रुपले सतर्क र चंख होऊ !’
‘क्रान्तिकारी युद्धको सम्पूर्ण नीति, पद्धति र अनुशासनहरुलाई परिपालना गर ! आत्मिक मनोबललाई उच्च पार ! अपार शक्तिले दुश्मनलाई नष्ट गर ! त्यो क्रुर, अपराधी र लुटेरा छ ।’
‘यो मानवताको संरक्षणको युद्ध हो, मानवद्रोही जर्मनी, जापान र इटलीका युद्धखोर शासकहरुलाई पतन तुल्याउनु आजको विश्वव्यापी मानवजातिकै कर्तव्य हुन आएको छ’ ।
माथिका जस्तै कैयौँ सही नीतिहरु र २ करोड सोभियत संघका लालसेना र क्रान्तिकारी जनताको बलिदानले जर्मनी, इटली र जापानिज साम्राज्यवादी शासकहरुका पतन भएको हो । जुन युद्ध संग्राममा अमेरिकी, ब्रिटिस सेनाहरुले सामान्य रुपले मात्र भाग लिए । स्टालिनको दोस्रो महायुद्धको विशेष घडीको नीतिले भारतको अंग्रेज विरुद्धको स्वतन्त्र संग्रामलाई केही असर पर्यो र उनीहरुले भन्न पनि पुगे ‘स्टालिन अंग्रेज उपनिवेश शासकहरुको पक्षमा उभियो ।’ तर भारतीय स्वतन्त्रता संग्रामी नेताहरुचाहिँ हिटलर, मुसोलिनी र जापानिज तोगो साम्राज्यवादी नेताहरुसँग साँठगाँठ गर्न पुगे । त्यसरी नै चिनियाँ मुक्तियुद्ध र स्वाधनिताको संग्रामको नेतृत्व गरिरहेको माओत्सेतुङले पनि दुखेसो गर्दै भने जापान विरुद्धको चिनियाँ जनताको क्रान्तिकारी युद्धकालमा स्टालिनले चिनियाँ कम्युनिष्ट पार्टी र च्याङकाइ सेक नेतृत्वको कोमिन्ताङ सरकारलाई बराबर सहयोग गरें’ ।
सिङ्गो विश्वको मानव जातिको टाउको माथि कालो बादल मडारिरहेको त्यो विशेष घडीमा मानवताको माता समान सोभियत संघको कम्युनिस्ट पार्टीको अध्यक्ष जोसेफ स्टालिनले आफ्नो कार्यक्षेत्र पृथ्वीलाई मानेका थिए । कुनै देशको भूगोल र उनीहरुको स्वाधीनताको संग्राम र मुक्ति युद्धलाई हैन । सन् १९४५ को सेप्टेम्बर २ मा जापानले भ्लादिभोस्टकमा तैनाथ १० लाख रुसी लालसेनाहरु सामु आत्मसमर्पण गरेपछि दोस्रो महायुद्ध शान्त भयो र चिनियाँ मुक्तियुद्ध र भारती स्वतन्त्रता संग्राम अगाडि बढ्यो । सन् १९४७ मा अंग्रेज भारत र बर्माबाट फर्कन पर्यो ।
यता चीनचाहिँ सन् १९४९ मा मुक्त हुन पुग्यो । सन् १९४५–४९ को ४ वर्ष सोभियत संघ पुनर्निर्माणमा लाग्न बाध्य थियो किनकि आफ्ना कुल जनसंख्याको १० प्रतिशत भनौँ युवा जनशक्तिको झण्डै २५ प्रतिशत युद्धकालमा गुमाउन परेको थियो । तथापि विश्वव्यापी मुक्तियुद्ध र स्वाधीनताको संग्राममा सोभियत संघको नैतिक समर्थन थियो र पछि भौतिक, बौद्धिक, आर्थिक, प्राविधिक, वैज्ञानिक सहयोग र समर्थन उपलब्ध गराएकै हो । केवल चीन र भारतलाई मात्र हैन सिङ्गो संसारभरी ।