काठमाडौं । मगर भेजा समाज नेपाल चौथो वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा भेजा समाजले नयाँ वर्षको क्यालेन्ड निकाएको हो।साथै संस्थाको चौथो बार्षिक उत्सवमा विविध कार्यक्रम गरी मनाइएको थियो ।

संस्थाका अध्यक्ष पूर्व डिआईजी पार्वती थापामगरले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । उहाँले कार्यक्रममा बोल्दै मगर भेजा समाजको चौथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकाना व्यक्त गर्नु भएको थियो । साथै भेजा समाज विभिन्न सामाजिक, आर्थिक, संस्कृति तथा महिलाहरुलाई आत्मानिर्भर बनाउन विभिन्न कार्यक्रम गर्दै आएको समेत बताउनु भयो । पूर्व डिआईजी थापाले संस्थाका लागि भावि रणनीतिमा बारे विशेष छलफल गरी नयाँ पुस्ताहरुलाई आफ्ना भाषा, धर्म संस्कृति तथा परम्परा जोर्गाउन सक्रिय भएर लाग्नु पर्ने धारणा राख्नु भयो । उहाँले भन्नु भयो भेजा समाज मगर समुदायको ब्राण्ड हो यसलाई हामी सबैले जोगाउनुपर्छ । हाम्रो भाषा र पहिचान रहे मात्र हाम्रो अस्त्तिव रहेन बताउनु भयो ।

उक्त कार्यक्रममा भेजा समाजका पदाधिकारी तथा कार्यसमितिका व्यक्तित्व तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो । भेटघाट कार्यक्रममा नयाँ वर्षको शुभकामना आदान–प्रदान तथा संस्थाको बार्षिक उत्सवको शुभकामना साटासाट गरिएको थियो । साथै संस्थाको कार्ययोजना, उद्देश्य तथा भावि रणनीति, तथा संस्कृति बारेमा छलफल समेत भएको संस्थाका उपाध्यक्ष खिम थापाले बताउनु भयो ।

मगर भेजा समाजले मगरहरुको भाषा, धर्म संस्कृतिलाई दिगो लाग्न तथा एकतामय कायम गर्न विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ।





