• फाल्गुन २७ २०८२, बुधबार

सत्तारुढ गठबन्धन कार्यदलले बुझायो साझा कार्यक्रमको प्रतिवेदन

श्रावण २२ २०७८, शुक्रबार

काठमाडौँ। सत्ता गठबन्धनको कार्यदलले तयार पारेको सरकारका साझा नीति तथा कार्यक्रमको प्रतिवेदन बुझाएको छ। कार्यदलले आज शुक्रबार बिहान उक्त प्रतिवेदन सत्तारुढ गठबन्धनका शीर्ष नेतृत्वलाई बुझाएको हो।

साे प्रतिवेदन बुझने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका शीर्ष नेताहरुको उपस्थिति रहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

साझा कार्यक्रम र कार्यविधि बुझाउने गरी गठित उक्त कार्यदलमा काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकक र काँग्रेस नेता डा. मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपा माओवादी केन्द्रका तर्फबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेका छन् ।

प्रधानमन्त्री देउवा नेतृत्वको सत्तारुढ पाँच दलीय गठबन्धनद्धारा सरकार सञ्चालनका लागि कार्यदल गठन गरिएको थियो । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्व रहेको कार्यदलले न्यूनतम् साझा कार्यक्रमका लागि निरन्तर छलफल गर्दै आएको थियो । न्यूनतम् साझा कार्यक्रमको टुङ्गो पश्चात् केही दिनभित्रै सरकारले पूर्णता पाउने जनाइएको छ ।