• फाल्गुन २७ २०८२, बुधबार

भूमि आयोग खारेजीको विरुद्ध युवा संघको प्रदर्शन

श्रावण २१ २०७८, बिहीबार

काठमाडौँ। भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न गठन गरिएको भूमि आयोग खारेज गरिएको भन्दै राष्ट्रिय युवा संघले प्रदर्शन गरेको छ । युवा संघले बिहीबार काठमाडौंको मनोहरास्थीत सुकुम्बासी बस्तीबाट आयोग खारेज गर्ने सरकारको निर्णयको विरोध गर्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरूले सरकारविरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले सरकारविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । आयोग पुनर्स्थापित नभएसम्म आन्दोलन गर्ने उनीहरुले बताएका छन् ।

यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको थियो ।