काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू छलफलमा जुटेका छन् । चाक्सीबारीस्थित नेता प्रकाशमानसिंहको निवासमा नेताहरू बिहीबार छलफलमा जुटेका हुन् । छलफलमा वरिष्ठ नेता पौडेलसहित नेता शशांक कोइराला, नेता सिंह, अर्जुन नरसिंह केसी, डा. मिनेन्द्र रिजाल र बलबहादुर केसी सहभागी छन् ।
नेताहरुबीच आगामी १४ औं महाधिवेशन र क्रियाशील सदस्यताको विवाद सम्बन्धमा अहिले छलफल भइरहेको बताइएको छ ।
स्रोतका अनुसार आजको बैठकले अब कसरी जाने भन्ने विषयमा पनि धारणा बनाउने छ ।