• फाल्गुन २७ २०८२, बुधबार

नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

श्रावण २१ २०७८, बिहीबार

काठमाडौँ। नेकपा एमालेको माधव नेपाल समूहको बैठक आज बस्दैछ । काठमाडौँको नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नेपाल समूहका केन्द्रीय समिति सदस्यलाई बोलाइएको छ ।

आजको बैठकमा सरकारमा जाने वा पार्टी एकतालाई टुंगोमा पुर्याउनेमध्ये के गर्ने ? भन्ने विषयमा गम्भीर छलफल हुने बताइएको छ।

पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग एकताका विषयमा ठोस छलफल गर्ने तयारी भएपनि कुरा नमिल्दा माधव नेपाल समूह सरकारमा जाने वा पार्टी एकता गर्ने भन्ने विषयमा अलमलमा छ । तर, माधव नेपाल पक्षको बैठकमा सहभागी नहुन एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति निकालेर नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।