• फाल्गुन २७ २०८२, बुधबार

परमादेशबाट बनेको सरकारले लाखौं लाख भुमिहिन सुकुमबासीहरुलाई लात हानेको छ : नेतृ शान्ता चौधरी

श्रावण १९ २०७८, मंगलवार

काठमाडौं । नेकपा एमाले नेतृ शान्ता चौधरीले भुमि समस्या सम्बन्धि समाधान आयोगको खारेजिले लाखौं लाख भुमिहिन सुकुमबासीहरुलाई लात हानेको बताएकी छन्।

सरकारले गरेको यो निर्णयप्रति प्रतिक्रिया दिदै जन बिरोधि अनि गरिब मारा कम्फर्टेबल सरकार भन्दा केहि फरक नपर्ने बताएकी छन् ।

नेतृ चौधरीले परमादेशबाट बनेको सरकारले भुमिहिन सुकुमबासी समस्या समाधान के गर्थ्यो भन्दै व्यंग्य गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले भुमि समस्या सम्बन्धि समाधान आयोग खारेज गरेपछि उनले यस्तो बताएकी हुन्।

नेतृ चौधरीले सामाजिक संजालमा लेखेकी छन्, “जन बिरोधि अनि गरिब मारा कम्फर्टेबल सरकार भन्दा केहि फरक नपर्ला | भुमि समस्या सम्बन्धि समाधान आयोगको खारेजिले लाखौ लाख भुमिहिन सुकुमबासी हरुलाइ लात हानेको छ ! परमादेशबाट बनेको सरकारले भुमिहिन सुकुमबासी समस्या समाधान के गर्थ्यो!”