• बैशाख २६ २०८३, शनिबार

प्रधान सेनापति थापा र अमेरिकी राजदूत बेरीबीच शिष्टाचार भेटवार्ता

श्रावण १९ २०७८, मंगलवार

काठमाडौं । सैनिक मुख्यालय जंगी अड्डामा प्रधान सेनापति पूर्णचन्द्र थापा र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ ।

नेपाली सेनाले विज्ञप्तीमार्फत सो भेटवार्ताको जानकारी दिदै उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाएको छ ।

‘यस किसिमको नियमित भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ विज्ञप्तीमा भनिएको छ ।