• बैशाख ३ २०८२, बुधबार

प्रहरी जवानको लिखित परीक्षा पास गर्ने ५ नक्कली परीक्षार्थी पक्राउ

श्रावण १९ २०७८, मंगलवार

धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रहरी जवानको लिखित परीक्षा पास गर्ने ५ नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ताका क्रममा लिखित परीक्षा नक्कली परीक्षार्थीमार्फत दिएको खुलेपछि विभिन्न जिल्लाका पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बझाङको तलकोट गाउँपालिका–३ का सुदीपकुमार रोकाया, दुर्गाथली गाउँपालिका–५ का दीपेन्द्र जप्रेल, कैलालीको धनगढी उपमहानगरपालिका–१६ का सुन्दर चौधरी, कैलारी गाउँपालिका–७ का रामनरेश चौधरी र कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का नरेन्द्र धामी पक्राउ परेको प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले जानकारी दिए ।

उनीहरु पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय डोटीले पक्राउ गरेर अनुसन्धान गरिरहेको एसएसपी सिंहले बताए ।

उनीहरु साउन १० देखि १६ गतेसम्म फरक–फरक मितिमा पक्राउ परेका हुन् । उनीहरुको परीक्षा दिने व्यक्तिलाई समेत पक्राउ गरेर कानून बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।