• बैशाख २६ २०८३, शनिबार

मन्त्रिपरिषद बैठकद्धारा भूमी सम्बन्धि आयोग खारेज

श्रावण १९ २०७८, मंगलवार

काठमाडौं । सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले तत्कालीन केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गर्ने निर्णय गरेको हो ।

भूमिसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले ओली सरकारले देवी ज्ञवालीको अध्यक्षतामा भूमि सम्बन्धी आयोग गठन गरेको थियो ।

आयोगले विभिन्न जिल्लामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरिरहेको थियो ।