• फाल्गुन २७ २०८२, बुधबार

रेल विभागका महानिर्देशकलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदको निर्णय

श्रावण १९ २०७८, मंगलवार

काठमाडौं । सरकारले रेल विभागका महानिर्देशक दीपक कुमार भट्टराईलाई स्पष्टीकरण सोध्ने भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो  ।

विभागमा बसेर उनले प्रभावकारी काम नगरेको, अनावश्यक ठेक्कापट्टामा मात्रै ध्यान दिएको आरोप सरकारको छ भने विभिन्न ठेक्कापट्टामा चलखेल गरेको गुनासो सुनिँदै आएको छ ।