• बैशाख २६ २०८३, शनिबार

धामी हत्याको विरोधमा उदयपुर र ओखलढुङ्गामा विरोध प्रर्दशन

श्रावण १९ २०७८, मंगलवार

उदयपुर,
नेपाल कम्युनिस्ट पार्टीले दार्चुला घटनाको विरोध गर्दै सदरमुकाम उदयपुर र ओखलढुंगामा विरोध गर्दै प्रर्दशन गरेको छ । दार्चुलाका जयसिंह धामीको महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काटेर हत्या गरेको विरोधमा विरोध प्रर्दशन गरेको हो ।

नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी काटेपछि नदीमा खसेर दार्चुलाका जयसिंह धामीको ज्यान गएको थियो । उक्त घटनाको चौतर्फी विरोध भइरहेको छ ।

धामी हत्या घटनाको छानबिनको माग गर्दै विप्लव नेकपाले विरोध र्याली आयोजना गरेको हो । विप्लव नेकपा उदयपुर र ओखलढुङ्गा जिञ्ला इञ्चार्ज विवेक कुमालले भारतीय विस्तारवाद नेपाली जनताको हत्यामा उत्रिएको भन्दै चर्को विरोध गरे ।

विरोध र्याली पछिको कोणसभालाई सम्बोधन गर्दै कुमालले धामीको हत्याले राष्ट्रिय नेपालको अस्मितामाथि नाङ्गो हस्तक्षेप भएको भन्दै प्रतिरोध गर्नुपर्नेमा जोड दिए ।

उनले दलाल संसदीय व्यवस्थाले नागरिकको सुरक्षा हुन नसक्ने भन्दै जनमत संग्रहमार्फत वैज्ञानिक समाजवादको स्थापना गर्न माग गरे ।

उनले सरकारसँग भएका सम्झौता कार्यान्वयन, संसदीय प्रजातन्त्र र वैज्ञानिक समाजवादमाथि जनमत संग्रहल गायतका माग पूरा गर्न वर्तमान राजनीतिक नेतृत्वको ध्यानाकर्षण पनि गराए ।