• बैशाख २६ २०८३, शनिबार

डा.जागेश्वर गौतम कोभिड युनिफाइड केन्द्रीय अस्पतालबाट हटाइए

श्रावण १८ २०७८, सोमबार

काठमाडौँ। सरकारले डा जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीबाट हटाएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीस्तरीय निर्णयानुसार डा गौतमलाई कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट हटाइएको हो।

उनलाई परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल थापाथलीमा सरुवा गरिएको छ ।

डा. गौतमलाई गत जेठ १० गते कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरिएको थियो ।