• बैशाख २६ २०८३, शनिबार

तुइन हटाएर झोलुङ्गे पुल निर्माणलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन

श्रावण १७ २०७८, आईतवार

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले तुइन हटाएर झोलुङ्गे पुल निर्माणलाई तीव्रता दिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा उनले तुइन हटाएर झोलुङ्गे पुल निर्माणलाई तीव्रता दिन निर्देशन दिएका हुन् ।

उक्त बैठकमा शनिबार राति आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा पुर्‍याएको क्षतिबारे जानकारी लिँदै गृहमन्त्री खाणले तत्काल हेलम्बु गाउँपालिकको चनौटे बजारमा वैकल्पिक पुल व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले सहज रुपमा खाद्यान्न र औषधिजन्य सामग्री ढुवानीका लागि सडक पहुँच अनिवार्य रहेको भन्दै त्यसका लागि तत्काल आवश्यक प्रबन्ध मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।